दार्चुला घटनाबारे भारतसामू औपचारिक विरोध जना – उएमालेले सरकार

काठमाडौं । नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गरेको ज्यादतीविरुद्ध औपचारिक रुपमा विरोध जनाउन आग्रह गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख विपक्षी नेकपा एमालेका सांसद गणेश ठकुन्नाले एसएसबीले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेका हुन् ।

सांस्द ठगुन्नाले घटनाको छानविन गर्न संसदीय समिति गठनको माग समेत गरे ।

प्रत्यक्षदर्शीहरू स्वयंले एसएसबीले तुइन काटेको बताएको र आफन्तले भारतीय थानामा गएर उजुरी दिएको समयमा भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।

एमालेले प्रशासनिक कर्मचारीको छानबिन समिति गठन गरेको भन्दै घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

‘दार्चुला घटना सम्बन्धमा संसदीय छानबिन गरियोस्, भारतसँग औपचारिक विरोध गरियोस्,’ ठगुन्नाले भने ।

उनले नेपाली युवक जयसिंह धामीको ज्यान लिने गरी तुइन काटिएको घटना अक्षम्य अपराध भएको उनले बताए। ‘यस प्रकारको जघन्य बर्बर र मानवताविरोधी घटना हो।

सरकारले अविलम्ब भारतसँग आपत्ति जनाओस्। उक्त घटनामा संलग्न एसएसबीमाथि कारबाही होस्’, उनले भने, ‘जयसिंह धामी तुइनबाट तरिरहँदा तार फुकालिदिँदा हार गुहार माग्दा पनि एसएसबीले सुनेनन्।

युद्धरत राष्ट्रमा पनि जिउ ज्यान जोगाउने काम हुन्छ। मालघाटमा निर्दोष नेपाली नागरिकको ज्यान लिइएको छ।

प्रत्यक्षदर्शीहरुले पनि देखेका थिए तार फुकालिदिएको तर सरकार त्यसलाई सुनेर पनि नसुनेको झैँ गर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय