सोमबार मुसिकोटका थप २ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुल्मी

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा आज (सोमबार) थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको १४ जनाको एन्टिजिन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

सोमबार मुसिकोटमा कोरोना संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ कि १ जना महिला र वडा नम्बर ९ का १ जना रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४५२ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४८६ जनमा कोरोना पोजेतिभ र ९६६ जनामा कोरोना नेगेटिभ आएको छ ।

418

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुष र १ जना महिला गरी १० जनाले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय