बागलुङ गलकोटमा बस दुर्घटना, ११ जना घाइते

बागलुङ । जिल्लाको गलकोट नगरपालिका १ चौराहमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाण्डौंबाट बागलुङको बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमवार विहान मध्यपहाडी लोकमार्गको गलकोट चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन् । १० जना सकुशल छन् ।

दुर्घटनामा परि गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा रहेका छन् ।

यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन् ।

घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसको ब्रेक फेल भई सडकको कुनामा ठक्कर खाएको थियो । बसका चालक चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।- रेडियो सारथी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय