शिक्षक महासङ्घद्वारा मुसिकोट नगरपालिकामा रिले अनशन तथा धर्ना

विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिकामा शिक्षक महासङ्घ मुसिकोट नगर कार्य समितिले रिले अनसन तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल शिक्षक महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार अधिराज्यभर ७५३ वटै स्थानीय तहमा एकसाथ भएको कार्यक्रममा मुसिकोट नगरपालिकामा नेपाल शिक्षक महासङ्घ गुल्मी जिल्ला सदस्य रामचन्द्र सापकोटाको नेतृत्वमा अनसन सम्पन्न भएको हो ।

शिक्षकहरुले विभिन्न ३४ सुत्रीय माग राख्दै कोभिडको महामारिका बिचमा पनि गत बैशाख २० गतेदेखि सामाजिक सन्जालमार्फत आन्दोलनको घोषणा गरेका थिए ।

आन्दोलनको पुर्वयोजजना अनुसार आज मुसिकोट नगरपालिकामा पनि एक महिला शिक्षक सहित कम्तिमा ३ शिक्षकले रिले अनसन गर्ने कार्यक्रम सम्पन्न भएको शिक्षक महासङ्घ मुसिकोटका महासचिव सरोजराज बौद्दाचार्यले बताउनुभयो ।

आन्दोलनका विषयमा राहत शिक्षक र राहत अनुदानको दरवन्दी व्यवस्थापन,वालविकाश सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक र दरवन्दी सिर्जना गरि आन्तरिक प्रतिस्पर्धा द्वारा स्थायी प्रकृयाको लागि पहलकदमी बढाउन माग गर्दै आन्दोलन गरेको मुसिकोट शिक्षक महासङ्घका का. वा अध्यक्ष सुरेन्द्र नेपालीले जानकारी दिनुभयो ।

त्यस्तै स्थायी शिक्षकको हकमा भने यसअघि भएको सम्झौता अबिलम्ब कार्यान्वयन गर्नुपर्ने,निजामती कर्मचारीसरह सेवासुविधा पाउनुपर्ने लगायतका माग रहेका छन ।

धर्ना कार्यक्रममा शिक्षकहरुले, शिक्षकका माग पूरा गर,शिक्षक सेवा आयोगलाइ सम्वैधानिक मान्यता देउ,शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति गर लगायतका माग राखिएका प्ले कार्ड सहित विरोध कार्यक्रममा सहभागिता जनाएका थिए ।

रिले अनसन कार्यक्रममा महासङ्घका महासचिव सरोजराज बौद्दाचार्यले आन्दोलनको मर्म र औचित्यको बारेमा जानकारी गराउदै मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रकाश घिमिरेलाइ विरोधपत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महासङ्घ जिल्ला सदस्य रामचन्द्र सापकोटा,नगर महासचिव सरोजराज बौद्दाचार्य,श्रोतव्याक्ती चुरा बहादुर छन्तेल, महासङ्घ नगरकार्यसमिति सदस्य सुमित्रा भण्डारी,महेश्वर घिमिरे,विष्णुप्रसाद आचार्य,

जनजागृती माध्यमिक विद्यालय मुसिकोट ३ चौरका प्रधानाध्यापक रामप्रसाद आचार्य,खस्थोक मा वि का शिक्षक कृष्णप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय