गुल्मी मुसिकोटका उत्कृष्ट दुई उद्यमी पुरस्कृत

गुल्मी : गुल्मी मुसिकोटका उत्कृष्ट दुई उद्यमी पुरस्कृत छनोट गरिको छ ।

मुसिकोट नगरपालिकाले दुई उत्कृष्ट उद्यमी छनोट गरेको छ। नगरपालिकाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले वडा नम्बर १ का देवबहादुर घर्ती र वडा नम्बर ७ की दुर्गा थापालाई उत्कृष्ट उद्यमी छनोट गरेको हो।

कार्यक्रममार्फत सुरुमा १२५ जना उद्यमीको पहिचान भएको थियो। जसमध्ये प्रतिस्प्रर्धाबाट ४० र २० हुँदै १० छानिएका थिए। १० जना मध्येबाट घर्ती र थापा उत्कृष्ट भएका हुन्। उनीहरुलाई जनही एक एक लाख रुपैयाँ प्रदान गरिएको छ।

अन्य आठजनाले ५०/५० हजार प्राप्त गरेका छन्। १० उत्कृष्टले आफ्नो उद्यम यात्रा र आगामी तीन वर्षको व्यावसायिक योजना प्रस्तुत गरेका थिए। जसको आधारमा मूल्यांकन गरेर उत्कृष्ट दुई घोषणा गरिएको हो।

उत्कृष्ट घर्ती र थापाले आफूहरुलाई अझै व्यावसायिक भएर लाग्ने प्रेरण प्राप्त भएको बताएका छन्।- थाहा संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय