देउवा सरकारमा यी मन्त्रीले पाउँदैछन् स्वास्थ्य मन्त्रालयको जिम्मा, कस्तो गर्लान् काम ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेको धेरै दिनसम्म पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।

कोरोना भाइरस संक्रमणको महामारीको तेस्रो लहर आउने चर्चाबीच मन्त्रालयको जिम्मा कसले पाउँछन् ? सर्वत्र चासोको विषय बनेको छ ।यसैबीच देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेका छन् । अब मन्त्रीमा कसलाई नियुक्त गर्लान् ?

महामारीका बेला सरकारको कामको मूल्यांकन हुने भएकाले देउवाले स्वास्थ्य मन्त्रालय आफ्नै दल र समूहभित्र राख्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।

देउवाले गृहमन्त्रीमा आफ्ना विश्वासपात्र बालकृष्ण खाँणलाई जिम्मेवारी दिइसकेका छन् भने स्वास्थ्य मन्त्रालयमा पनि यस्तै विश्वसनीय पात्रको खोजी भइरहेको छ ।

देउवा सरकारमा पहिलो चरणमै सहभागी भएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने चर्चा कांग्रेसभित्रै सुरु भएको छ । कार्कीलाई स्वास्थ्यमा ल्याउने र कानून मन्त्रीमा कानूनी पृष्ठभूमिकी पुष्पा भुसाललाई ल्याउने तयारी रहेको स्रोतले जनाएको छ । तर यसबारे देउवाले अझै सोचविचार गर्ने र सुझाव सल्लाह समेत बुझेर निर्णय लिने जनाइएको छ ।

स्वास्थ्यमन्त्री फरक दल र फरक गुटलाई दिँदा महामारीका बेला सरकारकै बदनाम हुने काम हुनसक्ने र सरकार नै असफल हुने भएकाले देउवाले आफ्ना अत्यन्तै विश्वासिला पात्रलाई स्वास्थ्यमन्त्री बनाउन लागेका हुन् । यसअघि कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला गुटबाट उमाकान्त चौधरी स्वास्थ्यमन्त्री बन्ने चर्चा भएपनि उनलाई अरु नै मन्त्रालयको जिम्मेवारी पाइने स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्रीमा गगनकुमार थापाको नाम समेत अगाडि आएपनि उनलाई सिटौला गुटले मन्त्रीमा सिफारिस नगरेपछि उनी सरकारमा सहभागी नहुने भएका छन् ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय