गुल्मी जिप दुर्घटना :मृतको पहिचान खुल्यो

 

गुल्मी
गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएकाे छ ।मृतक सबैको सनाखत भएको छ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीय तेजेन्द्र खत्री , चन्द्रकोट गाउँपालिका–५ हरेवा बस्ने बर्ष ४४ का रेशम कार्की र रेसुङ्गा नगरपालिका वडा न २ बाख्रेछेडा बस्ने बर्ष ६२ कि सुनिता बिकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट तम्घासका आउदै गरेको लु १ ज ४५५९ नम्बरको जीप बुधबार बिहान मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो।

दुर्घटना घाइते भएका बर्ष ३३ का गोकुल भण्डारी , २३ बर्षकि रमिला भण्डारी र २३बर्षकि मुना भण्डारीलाई पाल्पा पठाइएको छ । बाकी घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय