मुसिकोट वडा नं ७ कोरोनाको हटस्पट बन्दै : जारि शील एक हप्ताका लागि लम्बाईयो !

सागर भण्डारी,मुसिकोट नगरपालिकाको वडा नं ७ मा जारी शील एक हप्ताका लागि लम्बाईएको छ ।

नगरस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत साउन ५ गतेदेखि गएरातिसम्म जारी शील पुनः एकहप्ताका लागि थप गरिएको हो । वडा नं ७ मा कोरोना सक्रंमणको हटस्पट बन्दै जान थालेपछि सक्रंमण नियन्त्रणका लागि शील लम्बाउने निणर्य गरिएको नगर स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

यस विषयमा नगरपालिकाले सुचना जारी गर्ने तैयारी गरेको उहाँको भनाई छ ।वडा नं ७ स्थित वामीटक्सार बजारमा सक्रंमण दैनिक तीब्र रुपमा बढ्दै गएपछि शील गर्ने निणर्य गरिएको बताईएको छ ।

दैनिक परिक्षणमा अधिकाशं सक्रंमित वडा नं ७ का रहने गरेका छन् । स्थानीयहरुको हेलचेक्राई र स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई जमघटका साथ विभिन्न धार्मिक,मृत्यु तथा अन्य क्रियाकलाप गर्दा सक्रंमण झन भयावह बन्दै गएको स्वास्थ्य सयोंजक जिसीले जानकारी दिनुभयो ।

यही अवस्था रहेमा अझै धेरै क्षति बेहोर्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैलाई सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । नगरपालिकामा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ ।

गएको एकहप्तामा मात्रै २ जनाको मृत्यु भएको र सक्रंमण दर दैनिक तीब्र रुपमा बढिरहेकाले मगंलबार राति १२ वजे देखी नै पुन साउन १९ गते राती १२ वजे सम्म लागु हुने गरी शिल गरिएको हो ।

यस अवधिमा औषधी पसल बाहेक अरु सबै पसलहरु पूणर् रुपमा बन्द गरिने छ । अन्य पसल व्यवसाय र सवारी साधनहरु भने पुरानै नियमअनुसार सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय