यस्तो छ मंगलबार मुसिकोटको कोरोना अपडेट

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मुसिकोट नगरपालिकामा गरिएको ५ जनाको एन्टिजिन परिक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

मंगलबार मुसिकोटमा कोरोना संक्रमीत हुने २ जनानै मुसिकोट नगरपालिका वडा नम्बर ७ का रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १४१४ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४७३ जनमा कोरोना पोजेतिभ र ९४१ जनामा कोरोना नेगेटिभ आएको छ ।

कोरोना संक्रमित मध्य अधिकांस कोरोना अबस्था सामान्य रहेको र उनिहरुलाई होम आईसोलेसनमा राखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

।त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ९ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय