कांग्रेस क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समितिका सदस्यकै फरक मत

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् ।

गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ ।बुधबार बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदै छ ।

‘क्रियाशील सदस्यता सम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले मैले फरक मत राखेको छु’ गुरुङले भने ।

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।

क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद छ । यही विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिए पनि अर्को तालिका तय भएको छैन । यस विषयमा आजको पदाधिकारी बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय