कुखुरा पालेको खोरमा चितुवा पसेपछि निकाल्न समस्या 

बागलुङ नगरपालिका—१४ नारायणस्थानको सुनारटोलमा राती कुखुराको खोरमा पसेको चितुवा खोरमै थुनिएको हो ।

भक्तबहादुर सुनारले बनाएको कुखुराको खोरमा चितुवा अड्किएको बताईएको छ । कुखुरा खानका लागि चितुवा खोरमा पसेको चितुवामा त्यही अड्किएको बताईएको छ ।

खोरमा चितुवा अड्किएको जानकारी पाएपछि डिभीजन वन कार्यालको टोली त्यहाँ पुगेको कार्यालय प्रमुख मुकुन्द्र घिमिरेले बताए ।

चितुवालाई खोर भित्र राख्न सके बागलुङ ल्याएर प्राकृतिक बासस्थानमा छोडिने र खोरमा सार्न नसकिए चितवनबाट चितुवा वेहोस पार्ने प्राविधिक बोलाएर अन्यत्रै लगेर छाड्ने योजना रहेको उनले बताए ।

बलेवा क्षेत्रमा यस अगाडि नै चितुवाले त्यस ठाउँमा बाख्रा र कुखुरा मारिदिने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय