नेपालका ४ बालबालिका भारतबाट उद्दार गरि ल्याइयो 

भारतबाट ४ बालबालिकालाई उद्वार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।

मानव कल्याण मित्र मंच नेपालले उनीहरुलाई आइतबार उद्वार गरी नेपाल ल्याएकोे हो। प्रवासी नेपाली मित्र मंचको सहकार्यमा ३ बालक र १ बालिकालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा परिवारलाई बुझाइएको छ।

बाँकेको कोहलपुरका २ बालक र एक बालिका तथा बैतडीका १ बालक गरी चारै जनालाई उद्वार गरी प्रशासनलाई बुझाइएको प्रवासी नेपाली मित्र मंच दिल्लीका महासचिव रघुनाथ पाण्डेले जानकारी दिए ।

विभिन्न समयमा ६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिडेका चारै जना बालबालिकालाई बरेलीबाट नियन्त्रणमा लिई उद्वार गरिएको हो।

उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तरप्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा उद्वार गरि नेपाल ल्याइएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुरका २ बालक र एक बालिकालाई वडा अध्यक्ष तिर्थराम थारुलाई र बैतडीको पाटन नगरपालिका ४ बस्तीका एक बालकलाई अभिभावक नआउदा सम्मका लागि नेपाल अविनाश अनाथ आश्रममा रहने व्यवस्था हुने गरी हस्तान्तरण गरिएको मानव कल्याण मित्र मंच नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय