नयाँ आर्थिक वर्ष देखि कृषकका लागी यस्तो खबर..नगरप्रमुख सापकोटा

अनिष पाठक । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरबासीलाई कृषि क्षेत्रबाट लाभ लिन आग्रह गरेका छन ।

रेडियाे सारथीकाे कार्यक्रम जनतासंग नगरप्रमुखमा उनले आर्थिक वर्ष २०७८/७९ मा नगरको बजेटमा कृषि क्षेत्रलाई समेटेर उल्लेख्य बजेट र कार्यक्रम ल्याएकाले त्यसबाट लाभ लिन आग्रह गरेका हुन ।कृषककै सहयोगका लागि करेसाबारी सहयोग, बाख्रा टेवा, भकारो सुधार, कृर्षि औजार, टनेल वितरण, कुटानि पिसानि लगाएत सहुलिएत कर्जाको पनि नगरले व्यवस्था गरेको सापकोटाले बताए ।

उनले भने “हामिसंग करेसावारी सहयोग ४ हजार देखि २० लाख सम्मको कर्जाका कार्यक्रम छन । त्यसैले कृषकले आफ्नो क्षमता अनुशार कार्यक्रममा सहभागि बन्न सकछन । ”

कृषकले वडामा निवेदन दिएर योजना माग गरि कार्यक्रममा सहभागि बन्न सक्ने पनि उनले बताए । यस्ता कार्यक्रमबाट कोभिडका कारण रोजगारी गुमाएकाहरुले पनि लाभ लिन सक्ने नगरप्रमुख सामपकोटाको भनाई छ ।

फरक प्रशंगमा पालिका प्रमुख सोमनाथ सोपकोटाले यस आर्थिक वर्षको पुँजिगत खर्च सन्तोषजनक रहेको समेत बताए । कोरोना भाईरसका कारण ७५ प्रतिशत पुँजिगत खर्च भएको उनले बताए

साथै सापकोटाले शैक्षिक क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखय काम भएको बताएका छन । निमार्ण हुन वर्षै लाग्ने काम हामिले यस वर्ष गरेका छौ उनले भने “जनज्योति मावि अरेवाको १० कोठे भवन, महेन्द्र आर्दश नमुना मावि वामीमा १२ कोठे र भुवाचिदिको त्रिभुवन माविमा १६ कोठा भवनको निमार्ण हामिले यसै वर्ष सकाएका छौ ।” एकै साथ यति धरै कोठा निर्माण भएको पालिकामा यो पहिलो पटक हो ।

तपाईहरु निवार्चित भएपछि भनाै स्थानिय तहको निमार्ण पछि निमार्ण सम्पन्न भएका योजना दिगो छन ? भन्ने प्रश्नमा सापकोटाले प्रत्यक वडामा टोल विकास संस्था तथा उपभोक्ता समिति निर्माण गरि योजना कार्यान्वयन, अनुगमन र सरंक्षण भईरहेको बताए । जसका कारण योजना दिगो बन्न सहयोग पुग्ने उनको दावि छ ।

सापकोटाले यो वर्ष आफुहरुले जनताको सेवा गर्ने अन्तिम वर्ष भएकाले नगरपालिकामा गौरवको योजनाका रुपमा रहेको योजनाको एक चरणको निर्माण सम्पन्न गर्ने, एक घर एक धारा कार्यक्रम्मको प्रगति ८० प्रतिशत माथि पु¥याउने लगाएतका कामलाई जोड दिने समेत बताए ।

कार्यक्रम जनतासंग नगरप्रम्रखकाे कुराकानीमा नगरपालिकामा रहेको कर्मचारीको अभाव, भएका कर्मचारी परिचालनमा देखिएको समस्या र उपभोक्तामा रहेको भुक्तानी बारेको बुझाईका कारण असारे विकाश रोक्न नसकिएको सापकाेटाले बताए ।

पालिका प्रमुख सापकोटाले भने “कुनै योजना असोजमा सम्पन्न गरेपनि असारमा मात्र भुक्तानी पाईने बुझाई, र कतिपय उपभोक्ताको नियतका कारण पनि यस्तो समस्या रहेको छ ।”

मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सोपकोटाले यो चार वर्षे कार्यकालमा अफुहरुले उज्यालो नगरपालिका, खरका छना मुक्त नगरपालिका, प्रत्येक वडामा सडक संजाल पु¥याउन सफल रहेको बताउदै पछिल्लो दुई वर्षमा कोरोनाका कारण जनताको सेवामा भने केहि समस्या भएको समेत बताए ।

कार्यक्रम जनतासंग नगरप्रम्रख रेडियाे सारथीबाट हरेक महिनाकाे अन्तिम शनिवार साँझ ७ बजेकाे सारथी हालचालपछि प्रशारण हुदै आएको छ । रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलले संचालन गर्ने कार्यक्रममा रेडियाेकाे सम्पर्क नम्बर ०७९-६९०५९० बाट प्रत्यक्ष सहभागिता जनाई वा मेल र रेडियोको फेशबुक पेज बाट आफ्ना प्रश्न जिज्ञासा वा गुनासो नगरप्रमुख समक्ष प्रत्यक्ष सहभागि भै राख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय