गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९३ जनामा गरिएको कोभिड–१९ परीक्षणमा १५ जना पूरुष र २२ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । यससंगै सक्रिय संक्रमितको संख्या ३६४ पुगेको छ । संक्रिय संक्रमितमध्ये ३६२ जना सामान्य उपचार सहित होम आइसोलेसन र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

हालसम्म १२ हजार ६ सय ९३ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा ४ हजार ३ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ हजार ३ सय ७९ जना पूरुष र २ हजार २० जना महिला रहेका छन ्। हालसम्म ३ हजार ९ सय ४४ जनाले कोरोना जितेर निको भएका छन्। संक्रमण कारण हालसम्म ९१ जनाको मृत्यु भइसकेको छ।                                                                                                             जसमा ३९ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय