आफ्नै स्थानीय पाठ्यक्रम बनाउने बागलुङमा पहिलो पटक तमानखोला गाउँपालिका

बागलुङ – बागलुङको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम तयार गरेको छ ।

गाउँपालिकाको विभिन्न विषयवस्तुलाई समेटेर पाठ्यपुस्त तयार पारिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । गाउँपालिकाले एक वर्ष लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा

आधारित पुस्तक पालिका अन्तरगतका सबै विद्यालयमा पठाइसकेको उहाँको भनाई छ । गाउँपालिकाले ‘मेरो तमानखोला’ पाठ्यपुस्तक यही शैक्षिक शत्रदेखि विद्यालयमा अध्यापन गराउने तयारी सहित विद्यालयमा पठाएको उनले बताए ।

विद्यार्थीलाई आफ्नो भूगोल, संस्कृति, धर्म र रितीरिवाजको विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने

परिपाटीको अन्त्यका लागि कक्षा एकदेखि पाँचसम्म लागु हुने गरि एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको गाउँपालिकाका अध्यक्ष बुढा मगरले जानकारी दिए ।

‘विद्यार्थीहरुले धेरै जसो राष्ट्रि तथा अन्तराष्ट्रिय विषय वस्तु समावेश भएको पाठ्पुस्तक अध्ययन गर्दै आइरहेका छन्, उनीहरुले स्थानीय स्तरको,

आफ्नै गाउँ, आफ्नै ठाउँको बारेमा अहिलेसम्म अध्ययन गर्न पाएका छैनन्,’ अध्यक्ष बुढा मगरले भने ‘विद्यार्थीहरुले कम्तिमा आफ्नो पालिकाको भूगोल, सामाजिक अवस्था, पर्यटकीय स्थल, लगायतको सामान्य ज्ञान् भए पनि होस भन्ने उद्देश्यले पाठ्यपुस्तक तयार पारेका छौँ ।’

गाउँपालिकाले झण्डै सात लाख खर्चेर आफ्नै पाठ्यक्रम तयार गरेको हो । पालिका भित्रका २१ सामुदायिक र २ निजी गरि २३ वटा विद्यालयमा स्थानीय पाठ्य पुस्तक पठाइएको शिक्षा अधिकृत पुरन घर्तीले जानकारी दिए ।

कक्षा १ देखि ५ सम्मको लागि तयार पाठ्पुस्तकमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ,

कृषि, वन पैदावर, जडिबुटी, प्राकृतिक स्रोत तथा पशुपालन लगायतका विषय समेटिएको छ । गाउँपालिका अध्यक्ष संयोजक र शिक्षा अधिकारी सदस्य सचिव रहेको ७ सदस्यीय पाठ्यक्रम निर्धारण समितिले पाठ्यक्रम तयार गरेको तमानखोला गाउँपालिकाले जनाएको छ ।

जिल्लाकै दुर्गम पालिकामा पर्ने तमानखोला गाउँपालिका स्थापना भएदेखि निरन्तर सामाजिक, आर्थिक तथा भौतिक विकासमा अगाडि देखिएको छ । वि.स २०८० सम्ममा पालिकाले माध्यामिक तहको लागि समेत स्थानीय पाठ्यपुस्तक तयार गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष बुढाले बताए ।

स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावना, स्रोत तथा भुगोलक समावेश गरी पाठ्यपुस्तक तयार गर्ने संवैधानिक व्यवस्था अनुसार पाठेय पुस्तक तयार पारिएको हो । ‘मेरो तमानखोला’ पाठ्यपुस्तक हप्तामा चार दिन पठनपाठन हुनेगरी १०० पूर्णाङ्कको निर्माण गरिएको हो ।

एक सय पूर्णाङ्कलाई दुई खण्डमा एउटा अनिवार्य र अर्को ऐच्छिक खण्ड गरेर विभाजन गरिएको छ । पाठ्यपुस्तका विषय वस्तुका रुपमा समावेश गरेका पर्यटकीय क्षेत्र, कला संस्कृति रीतिरीवाजको संरक्षण, विकास र प्रवद्र्धन गर्नका लागि गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको अध्यक्ष बुढा मगरले जानकारी गराए ।

गाउँपालिकाले आफ्नै पाठ्पुस्तक बनाएपछि अहिलेसम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुका बारेमा अध्ययन गर्दै आएका विद्यार्थीहरुले अब आफ्नै पालिकाको गतिविधि समावेश भएको पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । बागलुङका १० पालिका मध्ये नौँ पालिकाले अझै पनि पाठ्यपुस्त तयार पार्न सकेका छैनन् ।बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय