गुल्मीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गुल्मीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


भएको छ। ८८ जनाको कोरोना परीक्षण गरिएकोमध्ये २० जना पुरुष र २९ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससंगै सक्रिय संक्रमितको संख्या ४०७ पुगेको छ। संक्रिय संक्रमितमध्ये सामान्य उपचार सहित ४०५ जना होम आइसोलेसन र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।
हालसम्म १२ हजार ४ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा ४ हजार ३ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पूरुष २ हजार ३ सय ५१ जना र महिला १ हजार ९ सय ८४ जना रहेका स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय