पाँच दलीय गबन्धनको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनको बैठक अहिले बसेको छ ।

विपक्षी गठबन्धनमा रहेका ५ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। कोटेश्वरस्थित नेपाल वन पैदावरको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ठ नेता माधव कुमार नेपाल लगायत नेताहरु सहभागी रहेका जनाइएको छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेको नेपाल पक्ष,जनता समाजवादी पार्टीको उपेन्द्र यादव,–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चा सम्मिलित हुनुहुन्छ ।

प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गबन्धनको बैठक बसेको हो। सर्वोच्च अदालतले दुई भोलि बेलुका ५ बजेसम्म कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय