गुल्मी : पछिल्लो २४ घण्टामा गुल्मीमा थप ६० जना कोरोना संक्रमित थपिएका छन्। १२४ जनाको कोरोना परीक्षण गर्दा ३१ जना पूरुष र २९ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण यस जिल्लामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ। जिल्ला भित्र ३९ र जिल्ला बाहिर ५२ जनाको मृत्यु भएको छ भने अहिले जिल्लामा ४७७ जना सक्रिय सङक्रमित रहेका छन ।
हालसम्म पीसीआर विधिद्वारा ४ हजार ५४ जनाको कोरोना परीक्षण गर्दा १ हजार ६ सय ३१ जनामा र ७ हजार ७ सय ५० जनामा एन्टीजेन विधिद्वारा गरिएको कोरोना परीक्षणमा २ हजार ४ सय ६ जनामा कोरोना पुष्टि भएको छ। जसमा २ हजार २ सय ७ जना पूरुष र १ हजार ८ सय ३० जना महिला रहेका छन्।