मृगौला पिडितलाई गर्यो खाल महिला उद्यम समुहले नगद उपहार

बासुदेव पोखरेल गुल्मी –
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १नयागाउँ खाल मा गठित खाल महिला उद्यम समुहद्वारा सामुहिक उपहार प्रदान कार्य सम्पन्न भएको छ।

भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा हेफर आधारशिला को उपहार प्रदान ले मन छोएपछी समुहका सदस्यहरूले बास्तविक आबस्यकताको पहिचान गरि धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ साबिक वडा न ०५ खाल निवासी मृगौला पीडित बिरामि भिम बहादुर के सि लाई बास्तबिक आबस्यकताको पहिचान गरि उपचारको लागि समुहका २८ जना सदस्यले रु २००का दरले नगद रु ५ हजार ५ सय जम्मा गरी नगद उपहार गरेको समुहले जनाएको छ
कार्यक्रममा परियोजनाका सामुदायिक सहजकर्ता बिष्णु कुवर समुहका सम्पुर्ण सदस्यहरुको उपस्तिथिती रहेको कार्यक्रममा समुहकी अध्यक्ष सर्मिला खत्रीको अध्यक्षता समुह को सचिब सरस्वता बन्जाडेको कार्यक्रमको संचालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय