बिहिबार मुसिकोटका ८ जनामा कोरोना परिक्षण, संक्रमितको संख्या ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहिबार मुसिकोट नगरपालिकामा गरिएको ८ जनाको एन्टिजिन परिक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना महिला र १ जना पुरुष, वडा नम्बर ८ का २ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १२७० जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४११ जनमा कोरोना पोजेतिभ र ८५९ जनामा कोरोना नेगेटिभ आएको छ ।

त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय