काठमाण्डौं – मुग्लिन नारायणघाट सडक फेरि अवरुद्ध भएको छ ।
बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक बन्द भएको चितवन प्रहरीले जनाएको छ । मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक बन्द हुने भइरहेको छ ।
यो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक खण्ड बन्द छन् ।
पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।