पाल्पामा पहिरोले ५ घरमा क्षेती , १ को मृत्यू १जना  बेपता

पाल्पा:                                                        पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ । एक बालक बेपत्ता भएका छन् ।

कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो । पहिरोले ८ वर्षिय बालक आरब परियार बेपत्ता छन् ।

बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले घाईते भएकाहरुलाई कल्याणी आधारभुत बिद्यालयमा राखेर उपचार भैरहेको र बिस्थापित हरुलाई पनि सोही बिद्यालयमा राखिएको स्थानीयले जनाएका छन् ।

हिजो राती देखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको पाल्पा प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय