केपि ओलीले रावललाई फकाएपछि एमालेमा नयाँ माहोल

राकाठमाडौं, २३ असार । नेकपा एमालेका उपाध्यक्ष भीम वलले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबैभन्दा आक्रामक बन्दै आएका थिए ।

तर, पछिल्लो केही दिनमा उनी नरम बन्दै गएका छन् ।यसै हप्ता बालुवाटारमा ओलीले बोलाएपछि पुगेका रावलले गम्भीर कुराकानी गरेका थिए । उनले एमाले एकताको सूत्रबारे छलफल गरेको बुझिएको छ ।

ओलीले रावललाई मिलेर जाऔं भनेपछि माहोल सकारात्मक बन्दै गएको छ ।एमालेको एकता कायम राख्नका लागि गठित कार्यदल पनि निकै सक्रिय भएको छ । कार्यदल ब्युँतिएपछि रावल पनि सक्रिय छन् ।

ओलीले पछिल्लो समय रावलको शक्ति देखे भोगेका छन् । माधव नेपाल पक्षधरमा रावल निकै शक्तिशाली देखिएका छन् । सुदूरपश्चिममा उनको बलियो पकड छ । कर्णालीमा पनि उनले शक्ति देखाइसकेका छन् ।

सुदूरपश्चिमा ओली पक्ष अल्पमतमा छ । त्यहाँ भीम रावलको पकड देखिएको छ । संसदीय दलमा पनि उनकै बहुमत छ ।

सात प्रदेशमध्ये प्रदेश संसदीय दलमा सुदूरपश्चिममा मात्र माधव नेपाल पक्ष बहुमतमा छ । यसको कारण रावल नै हुन् । त्यसैले ओलीले रावलसँगै सिधा कुरा गरेर पार्टी एकताको सुत्रबारे छलफल गरेका थिए । यसले माहोल पनि सकारात्मक बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय