कोरोनाका कारण बागलुङमा थप एक जनाको मृत्यु

बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

गत असार २१ गते कोरोना पोजेटिभ देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

कडाखालको कोभिड निमोनियाको कारण उनको मृत्यु भएको हो ।योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।

बागलुङमा अहिले पनि २७७ जना सक्रिय संक्रमित रहेका छन् ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय