काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक डाकेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको बैठकमा पदाधिकारी तथा पूर्वपदाधीकारीहरु भेला हुने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको साझा धारणा तय गर्दै कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय हुने उहाँले बताउनुभयो ।
संविधानको धारा ७६(५) को सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यराति नै आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा भएको छ ।
मध्यावधि घोषणाको कांग्रेसका कतिपय नेताले विरोध गरेका छन् ।


