रुपन्देही । कपिलबस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ ।
तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा माओवादी कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको हो ।बुधबार राति तीनजनाको समूहले उहाँमाथि गोली प्रहार गरेको हो । तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले बताउनुभयो। पाण्डेको अवस्था मध्यम रहेको छ ।
निग्लिहवातर्फबाट मोटरसाइकलमा आएका तीनजनाको समूहले पाण्डेमाथि गोली चलाएको डीएसपी भण्डारीले बताउनुभयो। गोली लागेका पाण्डे नदीजन्य पदार्थको ठेक्कापट्टाको काम समेत गर्ने गरेकाले व्यावसायिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।
यो पनि पढ्नुहोस्का ठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
केही दिनअघि संक्रमण पुष्टि भई उपचाररत केसीको बुधबार राती प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको हो। ४३ वर्षका केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो।
काठमाडौँको मूलपानी घर भएका केसीले परिषर प्रवक्ता तथा अनुसन्धान प्रमुखका रुपमा काम गरेका थिए।


