काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमणको ग्राफ दिनदिनै बढ्दै गइरहेको छ । विहिबार करिब ५ हजार संक्रमित थपिएकोमा शुक्रवार भने ५७ सय बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि देखिएको हो । यस्तै ३३ जनाको मृत्यु भएको भएको छ ।विहिबार नेपालमा ३५ जनाको निधन भएको थियो ।
१५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको छ ।- ज्योतिन्यूज
यो पनि पढ्नुहोस् गुल्मी । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि गुल्मीमा पनि लकडाउन घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्म लकडाउन गर्ने निर्णय गरेको हो । जस अनुसार भोली राति १२ बजेदेखि २५ वैशाखसम्म लकडाउन हुने भएको हो ।
उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान ७ देखि नौ बजेसम्म, निर्माण सामग्री बेच्ने पसल विहान ७ देखि ९ बजेसम्म र बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको छ ।
यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ ।
जिल्लामा कोभिडको दोस्रो लहर व्यापक फैलिदा हालसम्म ६ जनाको निधन भइसकेको छ भने २ सय भन्दा बढी