घरको तेस्रो तलाबाट लडेर १ जनाको मृ’,त्यु

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट ल;डेर एक जनाको मृ*त्यु भएको छ ।

ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा ल.डेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृ,त्यु भएको हो ।उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृ;त्यु भएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) नेकपाका दुवै पक्षसँग संयुक्त रुपमा छलफल गर्न लागेको छ ।

आयोगको केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि छलफल गर्ने गरी आयोगले दुवै पक्षलाई पत्रचार गरेको हो ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफै उपस्थीत हुन वा आफुहरुले तोकेका ५-५ जना प्रतिनिधिलाई पठाउन आयोगले पत्रमा उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भन्नुभयो, “नेकपाका दुवै अध्यक्ष वा उहाँहरुले तोकेका ५-५ जनालाई दलगत छलफलका लागि बोलाएका छौं ।” पार्टी भित्रको विवादका बारेमा थप बुझ्नका लागि दुवै पार्टीका नेताहरुलाई बोलाइएको बुझिएको छ । अन्य दलका नेताहरुलाई नबोलाइएकाले छलफल पार्टी विवादमै केन्द्रीत हुने देखिएको छ ।

साथै चुनावको समग्र तयारीका विषयमा पनि उहाँहरुसँग छलफल हुने निर्वाचन आयोगले जनाएको छ । आयोगको निमन्त्रणा अनुसार दुवै पक्षका नेताहरु छलफलमा सहभागी हुन जाने तयारी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको विभाजन सम्बन्धी विवाद र संसद विघटनको मुद्दा अदालतमा बिचाराधीन रहे पनि निर्वाचन आयोगले चुनाव सम्बन्धि गतिविधिलाई तिव्रता दिएको छ ।

मतदाता नामावली अद्यावधिक, मतदान स्थलको अवस्था लगायतका विषयमा आयोगले अनुगमन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय