गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडी तोडफोड

दिपेन्द्र परियार
बागलुङ – गण्डकी प्रदेश सांसद कृष्ण थापाको गाडी तोडफोड भएको छ । गण्डकी प्रदेश मामिला सभापति समेत रहेका थापाको बरेङ गाउँपालिकामा गाडी तोडफोड भएको हो ।

राष्ट्रिय जनमोर्चाको कार्यक्रममा सहभागी हुन बरेङ पुगेका थापाको गाडीमा अज्ञात समुहले तोडफोड गरेको बताईएको छ । बरेङ गाउँपालिका—३ बाटाकाचौर साग्दीमा पार्किङ गरी राखिएको ग १ झ ५७१ नम्बरको स्कर्पियोको रातीको समयमा पछाडीको सिसा अज्ञात समुहले फुटाएको ईलाका प्रहरी कार्यालय बरेङका प्रहरी नायव निरीक्षक लक्ष्मण देवकोटाले बताए ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको देवकोटाले जानकारी दिएको छ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको विशेष संगठनात्मक अभियानमा सहभागी हुन थापा बरेङ पुगेका थिए ।

अर्काे समाचार एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलोअर्स पाउने पहिलो व्यक्ति बनेकी छिन् । टिकटकमा १० करोड फलोअर्स पाउने चार्ली डिमेलियो अमेरिकी नागरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अवधिमा नै यो उपलब्धि हासिल गरेकी हुन् ।

एउटा युट्युब भिडियोमा चार्लीको व्यवहारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपलब्धि हासिल गरेकी हुन् । आफ्नो परिवारसँगको रियालिटी सिरिजको पहिलो एपिसोड ुडिनर विथ द डिमेलियोज्ुमा उनले खाना तयार बनाउने शेफलाई अभद्र व्यवहार देखाएको उनका फ्यानले दाबी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अनफलो नै गरे ।

डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले विवाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यवहार नगर्ने बताएकी छिन् । आफ्नो उपलब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, ु१० करोड जनाले मलाई सपोर्ट गरिरहेका छन्, पत्याउनै गाह्रो छ ।ु

उनले टिकटकमा विशेषगरी बन्द कोठामा नाचेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्रतिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मेकअप तथा फेसन ब्राण्डसँग काम गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय