कर्म फ्लाईट्स् फाउण्डेशन नेपालद्धारा विद्यालयलाई पुस्तकालय हस्तान्तरण ।

गुल्मी, मुसिकोट नगरपालिकाकाा दुई विद्यालयमा पुस्तकालय स्थापना गरि हस्तान्तरण गरिएको छ ।

साथै कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल कास्कीले मुसिकोट नगरपालिका वडा नं. २ का श्री गंगा प्राथमिक विद्यालय र श्री नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरि हस्तान्तरण गरिएको छ ।

पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गदै प्रमुख अतिथि मुसकिोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले दाताहरुले स्वतस्फुर्त रुपमा दिएको सहयोगको सम्मान गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा काम गर्ने हौसला मिलोस भन्दै आगामी दिनका कार्यक्रममा आवश्यकताको महसुस भएमा सहकार्य गर्न मुसिकोट नगरपालिका तयार रहेको बताउनुभयो ।

त्यस्तै सोही अवसरमा नेपाल शिक्षक महासंघ मुसिकोटका अध्यक्ष एंव महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले शुभकामना व्यक्त गर्दै प्राथमिक तहका विद्यालयमध्ये विद्यार्थी धेरै विद्यार्थी संख्या हुने उक्त विद्यालयले थोरै श्रोत र साधनमा धेरै काम गर्न सफल भएको भन्दै प्रगतिको कामना गर्नुभएको थियो ।

त्यस्तै पूर्व वडा सदस्य नर बहादुर खत्रीले मनका धनी दाताहरुलाइ धन्यवाद व्यक्त हर्नुभएको थियो ।

साथै अवसरमा युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेलले विदेशमा रहेर पनि मुसिकोटमा एक विद्यालय एक पुस्तकालयको धारणाको विकासमा सहयोग पुराएको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

साथै फाउण्डेशनले विगत केही बर्षदेखी देशका ग्रामिण क्षेत्रका विद्यालयहरुमा शैक्षिक सुधार,छात्र सहायता तथा विद्यालय पूर्वाधार निर्माण,स्वास्थ्य,शिक्षा लगायत अन्य सामाजिक कार्यहरुमा निरन्तर सहयोग गदै आइरहेको कर्म फ्लाईट्स् फाउण्डेशन नेपाल प्रवन्धक प्रेम बहादुर कुंँवरले जानकारी दिनुभयो ।

साथै गंगा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले फाउण्डेशनलाई धन्यवाद दिदै विद्यालयमा पुस्तकालय स्थापना हुदा शैक्षिक गुणस्तर वृद्धि हुने र पठन संस्कारको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा कर्म फ्लाईट्स फाउण्डेशन नेपालकाप्रतिनिधि कृष्ण पोखरेल,सौगात अधिकारी, लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघ,विद्यालयका अक्षयकोषदाता,जन्मदिन कोषदाता, अभिभावकहरु,शिक्षक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा निकोल राल्फकाको सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई कापी र पेन वितरण गरिएको थियो ।

त्यस्तै पुस्तकालय हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नर्सहरुले विद्यार्थीहरुको लागि स्वास्थ्य सरसफाई सम्वन्धी तालिम दिनुभएकको थियो ।

कार्यक्रमका अवसरमा मुसकिोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवन, महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक देवीराम शर्मा, फ्लाईट्स् फाउण्डेशन नेपालका प्रतिनिधिहरुलाई फुलमाला र दोसल्ला र मायाको चिनोले सम्मान गरिएको थियो ।साथै अवसरमा विद्यालयका जन्मदिन कोषदाता एंव युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय