कृष्ण प्र.भट्टराई
गुल्मी,यु डब्लु एस नेपाल गुल्मी शाखाले यहि मंसिर २९ गते हुन गईरहेको जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण पुर्व तयारी सम्पन्न गरेको छ। यु डब्लु एस नेपाल एक गैर नाफा मुलक एक गैरसरकारी संस्था हो।
२०७१ सालमा संखुवासभा जिल्लामा स्थापित संस्थाले ग्रामीण तथा सिमान्तकृत समुदायका बालबालिका को लागि बाल मैत्री वातावरणमा गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्दै आईरहेको छ।संस्थाले संखुवासभा ,गुल्मी,ताप्लेजुङ ,भोजपुर र तनहुँ जिल्लाका स्थानिय सरकार सङ्गको साझेदारिमा भुकम्प प्रतिरोधि बिद्यालय भवन निर्माण ,शौचालय /पिउने पानी ,बिद्यार्थीको लागि आवश्यक स्टेसनरी /खेलकुद सामाग्री ,शिक्षक तालिम,सामुदायिक अन्तरक्रिया सचेतना लगायत गुणस्तरीय शिक्षाको लागि आवश्यक क्रियाकलाप सन्चालन गर्दै आईरहेको छ।
गुल्मी जिल्लामा रामपोखरी प्राथमिक बिद्यालय (यु डब्लु एस वाग्ला) मार्फत आफ्नो कार्यक्रम बिस्तार गरेको संस्थाले हाल गुल्मी जिल्लाका विभिन्न पालिकामा गरि २१ वटा बिद्यालय भवन निर्माण सम्पन्न गरि शैक्षिक क्रियाकलाप सन्चालन गरिरहेको छ। यस्तै २२औँ बिद्यालय को रुपमा छत्रकोट गाउँपालिका संग त्रिपक्षिय सम्झौता भर्खरै सम्पन्न भएको यु डब्लु एस नेपालका लुम्बिनी प्रदेश शिक्षा संयोजक अनुज प्र.सिग्देलले जानकारी दिनुभयो।
उहाँका अनुसार संस्थाले बिद्यालय भवन निर्माण पश्चात् पाँच वर्षसम्म आफ्नो जिम्मेवारी र भुमिका निर्वाह गर्दछ भने छैठौं वर्षमा उक्त बिद्यालय स्थानिय सरकार मार्फत समुदायमा हस्तान्तरण गरेर अनुगमन/ सुपरिवेक्षण कार्यक्रम गर्ने गर्दछ।
हाल गुल्मी जिल्लामा धुर्कोट गाउँपालिका मा रामपोखरी प्राथमिक बिद्यालय ,देविस्थान प्राथमिक बिद्यालय मुसिकोट नगरपालिका को पशुपती निम्न माध्यमिक बिद्यालय ,रेसुङ्गा नगरपालिकाको साउनेथुम आधारभूत बिद्यालय ,मालिका गाउँपालिकाको सिद्ध प्राथमिक बिद्यालय ,बरारुख आधारभूत बिद्यालय, मदाने गाउँपालिकाको पन्चमिपोखरी प्राथमिक बिद्यालय ,ईस्मा गाउँपालिकाको पालुखा माध्यामिक बिद्यालयले सफलतापूर्वक पांच वर्ष पूरा गरेर स्थानिय सरकार मार्फत समुदायमा हस्तान्तरण भईसकेका यु डब्लु एस नेपालका ट्रान्जिसन अफिसर सौगात गौतमले जानकारी दिनुभयो।उहाँका अनुसार गुल्मी बाट यो वर्ष पनि थप केही बिद्यालय हस्तान्तरणको प्रक्रियामा रहेका छन।
संस्था मार्फत हालसम्म गुल्मी जिल्लाका धुर्कोट गाउँपालिका,मुसिकोट नगरपालिका ,रेसुङ्गा नगरपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिका,ईस्मा गाउँपालिकामा मात्र कार्यक्रम सन्चालन भएको मा यस शैक्षिक सत्रबाट रुरुक्षेत्र गाउँपालिकाको सिमान्तकृत बस्ती बोटे गाउँमा लक्ष्मी आधारभूत बिद्यालय मा भवन निर्माण सहित यु डब्लु एस चौतारी स्कुल स्थापना गरेर शैक्षिक क्रियाकलाप आरम्भ गरेको छ।
यस्तै गरि छत्रकोट गाउँपालिका ५ खर्ज्याङ मा यु डब्लु एस नेपालको ८५औँ तथा गुल्मी जिल्लाको २२ औँ बिद्यालय यु डब्लु एस ठुलोगाउँ निर्माणको लागि संस्था,बिद्यालय र स्थानिय सरकार बिच त्रिपक्षिय सम्झौता सम्पन्न भएको यु डब्लु एस नेपाल का कन्ट्रक्सन अफिसर मेघराज खनालले जानकारी दिनुभयो।
जिल्ला समन्वय समितिको हल तम्घासमा यहि मंसिर २९ गते हुने जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा विभिन्न नगर/गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी ,कार्यक्रम सन्चालन भएका बिद्यालयका प्रधानाध्यापक ,बिद्यालय मा गठित आमा समूह,छत्रा क्लब तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि लाई पत्राचार गरिसकिएको यु डब्लु एस नेपाल लुम्बिनी प्रदेश शिक्षा संयोजक अनुज प्र.सिग्देलले जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा परियोजनाले हाल सम्म सम्पन्न गरेका कार्यक्रम ,तिनको उपलब्धि र सन २०२६ पछिको रणनीतिक योजनामा आधारित छलफल/अन्तरक्रिया गरिने र कार्यक्रम सन्चालनको लागि आवश्यक सम्पूर्ण पुर्व तयारी सम्पन्न भएको उहाँले बताउनुभयो।


