काठमाडौं,
‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे ।
शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिएकाे हाे । शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याललगाएत पनि सहभागी हुनुभएको थियाे ।
मन्त्रीहरू घिसिङ र अर्यालले मृतककाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै सशस्त्र प्रहरी बलले मृतकप्रति सलामी अर्पण गरेकाे थियाे ।



