नेपाली काङ्ग्रेसद्वारा मुसिकोटमा सरकारको कार्यशैलिविरुद्ध बिरोध सभा हुँदै

विष्णु प्रसाद आचार्य  (चकित) गुल्मी / नबखबर

नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ को आयोजनामा मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारमा बिरोध सभा हुने भएको छ ।

बर्तमान सरकार अधिनायकवादको पर्याय भएको र संसद बिघटन जस्तो असम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्रष्ट भएकोले नगरिकलाइ सास्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको नेपाली काङ्ग्रेस मुसिकोटका नगर सचिव तथा गुल्मी क्षेत्र नम्बर २ क का सदस्य मोहन घिमिरेले नबखबरलाइ जानकारी दिनुभयो ।

देशभर एकसाथ पौष १३ गते हुने बिरोध सभालाइ सफल पार्न भन्दै अघिल्लो दिन १२ गते साझ तरुलदलद्वारा मुसिकोट नगरपालिकाका विभिन्न वडामा मसाल जुलुस गर्न लागिएको तरुणदलले जनाएको छ ।

क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले मुसिकोटको वामिमा गर्न लागिएको यो बृहत् भेला भएकोले आम लोकतन्त्रप्रेमी जनसमुदायलाई दिनको ११ बजेको समयमा सहभागी हुनको लागि अनुरोध गरिएको काङ्ग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय