रवि लामिछाने प्रकरण : सर्वोच्च परिसरमा सुरक्षा व्‍यवस्था थप कडाइ, केहीबेरमै फैसला आउने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रविलामिछानेविरुद्ध मुद्दामा बहस सकिएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्‍यवस्था थप कडा पारिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका छन् । गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ ।

सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय