महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको  वार्षिक साधारण सभा सम्पन्न

कौरव खत्री,गुल्मी ८ माघ- महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा मुसिकोट नगरपालिका २,मुसिकोट देउरालीमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गङा श्रेष्ठले सहकारीमार्फत महिलाहरूले आफु उद्दमशील बनेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

श्रेष्ठले सहकारीलाई सबैको सहकारी बनाउन आग्रह गर्दै महिलाहरूले उत्पादन गरेका उत्पादित बस्तुहरूलाई बजारीकरणको व्यवस्था मिलाउन नगरपालिका अगाडि बढेको बताउनुभयो ।

सोही अवसरमा मुसिकोट नगरपालिका वडा न २ का वडाअध्यक्ष रबिन्द्र केसीले सहकारी भनेको सहकार्य गरि अगाडि बढ्ने भएकोले सहकारीका सदस्यहरूलाई उद्यमी बनाउनुपर्ने जोड दिनुभयो ।

मुसिकोट नगरपालिका वडा न.२ का पुर्ब वडा अध्यक्ष लक्ष्मण खत्री,मुसिकोट नगरपालिका वडा न.२ का वडा सदस्य राधिका घिमिरे,खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर सुर्यबशी, गङा प्राथमिक विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्री,नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक निर्मला केसी, पुर्ब विव्यस अध्यक्ष ईश्वरीप्रसाद आचार्यले बताउनु भयो ।

सहकारी संस्थाका अध्यक्ष तारा महतले समग्र सहकारीको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।

सहकारी संस्था लेखा संयोजक रेशम केसीले आर्थिक बर्ष २०७८र७९ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे ।

सोही अवसरमा मुसिकोट नगरपालिका वडा न.२ का पुर्ब वडा सदस्य कोपिला घिमिरे,महिला शेयर सदस्य खगिश्वरा भट्टराई ,शेयर सदस्य सुमित्रा पोखरेल,इन्द्रा कुमारी महत,उमकला विटालु लगायतका महिलाहरूलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका जनप्रतिनिधि,विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधि,सहकारी संस्था लि। का शेयर सदस्य पत्रकार,विभिन्न उप समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष तारा महतको अध्यक्षता तथा सहकारी सस्थाकी सह सचिव कमला आचार्यको स्वागत मन्तव्यसंगै शुरू भएको कार्यक्रमको सञ्चालन भने सहकारीकी सचिव शुसिला पोखरेलले गर्नु भएको थियो ।

२०६३ सालमा स्थापना भएको सहकारीमा हालसम्म २ सय, ८६ जना सदस्य आवद्व रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय