कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

सोमबार(आज) प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि पनि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९–२० डिग्री सेलिसयससम्म पुग्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो।

उहाँका अनुसार आज देशका कुनै पनि भू–भागमा हिमपात तथा वर्षाको सम्भावना छैन । यद्यपि, चिसो बढ्दै गएको छ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै हट्दै जाने उहाँले बताउनुभयो । काठमाडौंमा हवाई उडान तथा अवतरणमा समस्या हुने गरी तुवाँलो लागेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय