देशको भविष्य कसको हातमा सुम्पिने ? स्पष्ट निर्णय गर्ने बेला आयो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका मतदातालाई देशको भविष्य शेरबहादुर देउवाको हातमा सुम्पिने कि आफ्नो हातमा भन्ने प्रश्न गरेका छन् ।

निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई भिडिओ सन्देशमार्फत ओलीले अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने भन्ने स्पष्ट निर्णय गर्ने बेला आएको बताएका छन् । अध्यक्ष ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झिन आग्रह समेत गरेका छन् ।

ओलीले भनेका छन्- अब स्पष्ट निर्णय लिने बेला आएको । अबको ५ वर्ष देशको भविष्य कसको हातमा सुम्पिने रु शेरबहादुर देउवाको हातमा कि मेरो हातमा रु त्यसैले भोट हाल्नुअघि दुई भविष्य सम्झिनुहोला,पहिलो आफ्नै भविष्य र दोस्रो छोराछोरीको भविष्य ।

ओलीले यो गठबन्धन रहिरहे मुलुक बरबाद हुने र जनताका तथा देशको भविष्य समेत बरबाद हुने भन्दै एमालेलाई जिताउन अपिल गरेका छन् । उनले आफू पटक पटक मृत्युको मुखबाट फर्किएकाले देश र जनताको समृद्धिबाहेक अरू कुनै स्वार्थ नरहेको समेत प्रष्ट पारेका छन् । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय