चुनावको मुखमा, झण्डै १ सय ५० जना काङ्ग्रेसमा प्रवेश

काठमाडौं । पाल्पामा विभिन्न पार्टी परित्याग गरि करिब १ सय ५० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । तानसेनमा बुधबार (आज) भएको युवाहरूको भेलाले गठबन्धनको सरकार नै देशका लागि आवश्यक रहेको भन्दै आफूहरु काङ्ग्रेस पार्टीमा प्रवेशमा गरेको बताएका छन् ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं २, १ का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना,युवा नेता रवि गुरूङ,छवि थापा लगायतले पाटीमा स्वागत गर्नुभएको हो ।

गठबन्धनकै सरकारले मात्र देशको परिवर्तन गर्ने विश्वास र अठोटका साथ अन्य पार्टी परित्याग गरि युवाहरु काङ्ग्रेसमा प्रवेश गरेको युवाहरूले बताएका छन ।

पाटीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले आगामी मङसिर ४ पछि गठबन्धनको नेतृत्वमा बहुमतको सरकार बन्ने बताउनुभयो । अहिलेको निर्वाचन युवाहरूलाई रोजगारसँग

जोड्ने,संविधानको रक्षा,राजनीति स्थायित्व र विकासका लागि भएकाले सबै युवाहरू एक जुट भइ सशक्त रूपमा अगाडि बढ्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय