गगन थापासँग बहस गर्न डराए एमालेका राजन भट्टराई, चौतर्फी खैलाबैला !

काठमाडौं– मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता राजन भट्टराई प्रतिस्पर्धामा छन्। दुई नेता काठमाडौं–४ मा प्रतिस्पर्धा गर्दैछन्।

उनीहरुबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। तर, यसअघिका दुई निर्वाचनमा नतिजा थापाको पक्षमा थियो। यसपटक थापा जितको ह्याट्रिक गर्ने दाउमा छन्। भट्टराई भने पहिलो जित निकाल्ने प्रयत्नमा हुनेछन्। तर, यसपटक पनि थापाको विजय यात्रा रोकिने सम्भावना छैन। यसै मेसोमा पत्रकार ऋषी धमालाको कार्यक्रममा भट्टराई थापासँग बहस गर्न डराएका छन्। धमलाले भट्टराईलाई भनेका छन्, ‘गगन थापा र तपाईलाईसँगै राखेर बहस गर्दैछु। आगामी दिनमा चुनावी बहस।’

तर, भट्टराई बहसका लागि तयार देखिँदैनन्। उनले भनेका छन्, ‘अब त्यो पछिको कुरा हो। अहिले त्यसमा नजानुस्।’

यो पनि पढ्नुहोस् – काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगले कात्तिक ८ गते डेंगुविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझैँ पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्य दृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था रहेको छ ।

‘डेंगु महामारीको नियन्त्रणका लागि कुनै नयाँ कार्यक्रम ल्याउन सरकारले आवश्यक महसुस गरेमा त्यस्तो कार्यक्रम आयोगको सहमतिमा ल्याउन सक्छ तर निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त कार्य तपाईँ आफैँले गर्न पाउने कानूनी व्यवस्था छैन । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार रहेको व्यक्तिले कानूनको खिलाफ हुने गरी कुनै काम गर्छु भनी वक्तव्य दिनु हुँदैन भन्ने विषयको जानकारी तपाईँलाई छैन भनी आयोग विश्वस्त हुन सक्दैन’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

पुनः निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सार्वजनिक वक्तव्य दिई मतदातालाई प्रभावित गर्ने कार्य भएको देखिएकाले कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी देहायका विषयमा स्पष्टीकरण पेश गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर