गठबन्धनको विकल्प छैन : पूर्वमन्त्री झाँक्री

हुमाकान्त पोखरेल – गुल्मीः नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् ।

शनिबार गुल्मीको धुर्कोट गाउँपालिकामा एकीकृत समाजवादीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले विकास र समृद्धिको लागि गठबन्धनको विकल्प नभएको बताएकी हुन् । नेतृ झाँक्रीले निर्वाचनपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन् ।

‘आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्दैछ ।’ उनले भनिन्, ‘निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउँछ ।’ गुल्मी क्षेत्र नम्बर २ मा लामो सयमसम्म गोकर्ण विष्टले जितेपनि विकास नगरेकोले अब परिवर्तन खोज्नको लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् ।

त्यसका साथै उनले अब चुनाव प्रचार–प्रसारमा लाग्न पार्टीका नेता–कार्यक्रताहरुलाई निर्देशन दिइन् । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रमेश पोखरेलले अब उत्पादन गरी आत्मनिर्भर बन्नतर्फ सबै लाग्नुपर्ने समय आएकोले त्यसको लागि गठबन्धन आवश्यक रहेको बताए । कार्यक्रमकै अवसर पारि पार्टीले युवा संघको गाउँ कमिटीको गठन गरेको छ ।

ढालेन्द्र नेपालीको संयोजकत्वमा ५१ सदस्यिय राष्ट्रिय युवा संघ एवम् तुल्सीराम कुँवरको संयोजकत्वमा पार्टीको जैसिथोक गाउँ कमिटी गठन गरेको छ । कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इन्चार्ज गणेश विश्वकर्मा, जिल्ला अध्यक्ष श्रीराम महत लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम रामकुमार विष्टको अध्यक्षता एवम् चन्द्र सुनारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय