विद्यालय हिँडेका बालकहरुलाई भारत पुर्याएर कसले छाड्यो अर्धचे’त अवस्थामा !

काठमाडौं । शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् ।

मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचे’त अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ । शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिँडेका उनीहरु विद्यालयमा हाजिर समेत नभएको अवस्थामा बेपत्ता थिए । मुम्बइमा उनीहरु फेला परेको खबर पाएपछि उद्धारका लागि नेपाल प्रहरीलाई लिएर जाने तयारी भईरहेको अभिभावकहरुले बताएका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबारदेखि बेपत्ता थिए । उनीहरु मध्ये दुई जना नवीन औद्योगिक माध्यमिक विद्यालय र एक जना नहरपुर माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनीहरु घरबाट सँगै विद्यालय हिँडेका थिए ।

उनीहरुलाई कसले मुम्बइ पुर्‍यायो भन्ने केही थाहा नभएको अभिभावकहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई सहज तरिकाले नेपाल ल्याउन र कसले त्यहाँ पुर्‍याएको हो भन्ने पत्ता लगाउने काममा प्रहरी लागेको बताएको छ ।

पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट नेपाली विद्यार्थीहरु अ ‘प ‘ह ‘रण गरेर भारत लैजाने गरिएको विषय सामाजिक सञ्जालमा फैलिएको बेला यो घ’टना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय