ट्रकमा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

यो पनि पढ्नुहोस् – भुवन काफ्ले मुसिकोट, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ तोलादिमा आगोलागि हुँदा एक गोठ र घरको एकापट्टि जलेरा नष्ट भएको छ ।

बिहिबार साँझ करिब ५ बजेतिर स्थानीय खिम बहादुर कुमालको घरमा आगो लागि हुदा घर र गोठमा रहेका सबै समान जलेर नष्ट भएका छन् भने मानब जिबन र पशुचौपायामा भने कुनै क्षेती नभएको पत्रकार दिलु केसीले जानकारी दिनभयो ।

आगो लागेको देखेपछि छिमेकी विष्णु कुमाल र गाउँलेहरूको सबैको  सहयोगमा आगो नियन्त्रण गरिएको थियो।  उक्त आगोलागिबाट खिम बहादुर कुमालको करिब दुई लाख बराबरको क्षेति भएको अनमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय