काठमाडौं । धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।
यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने लागेको हो । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले २९ साउनसम्मसेयर बिक्री नभएमा ७ भदौसम्म आवेदन दिन सकिने कम्पनीले जनाउको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यो पनि पढ्नुहोस् – काठमाण्डौ । मौद्रिक नीतिपछि शेयर बजारमा हरियाली फर्किएको छ । विहीबार दोहोरो अङ्कले बढेको बजार आज शुक्रवार पनि बढेर नै बन्द भएको छ । आज नेप्से १२.९२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २१४० विन्दुमा पुगेको छ । २१६ कम्पनीहरूको शेयर किनबेच हुँदा २ अर्ब १९ करोडमाथिको कारोबार भएको छ ।
जलविद्युत र गैरजीवन बिमा समूह बाहेक सम्पूर्ण उपसूचकमा आज हरियाली छाएको छ भने विकास बैंक उपसमूहमा सबै भन्दा धेरै चमक आएको छ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा १०३ कम्पनीको शेयर मूल्य बढेको छ ।
मौद्रिक नीतिले ४/१२ को सीमालाई परिर्वतन गरेर १२ करोडको बनाएपछि त्यसको प्रभाव शेयर बजारमा देखिन थालेको छ ।