प्लटिङ सिस्टमले गर्दा बस्ती र खेती गोलमाल भयोः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताएका छन् । धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको धारणा छ ।

१९औं धान दिवसको अवसरमा भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा बोल्दै ओलीले प्लटिङ सिस्टमले गर्दा नेपालको खेतीपातीमा समस्या भएको उल्लेख गरे ।

उनले भने, ‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ।’

ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद भएको बताए । यो स्थिति हाम्रै लापरबाहीका कारण आएको उनको भनाइ छ ।

‘अहिले हामी आफैंले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमिको अन्त्य गर्नुपर्नेछ । यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकरणतर्फ लम्कनेछौं । आफैंलाई सुधार गरे उन्नत बीउ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिनेछ’, ओलीले भने ।

नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त रहेको ओलीले बताए । यो सबै भूभाग र वातावरणलाई सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय