एमालेमा हुँदा माधव नेपालले के कस्तो दुःख दिएका रहेछन् योगेश भट्टराईले यसरी खोले पोल

काठमाडौं -पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले सचिव योगेश भट्टराईबीच आरोप–प्रत्यारोप जारी छ ।

मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै योगेशले माधव नेपाललाई राननीतिबाट सन्न्यास लिएर बस्न सुझाव दिएपछि माधव नेपालले योगेशलाई एमालेमा केपी ओलीको दास भएर बसेको आरोप लगाएका थिए । माधव नेपालले आफूलाई ओलीको दास भनेर आरोपित गरेपछि योगेशले साह्रै चित्त दुखाएको देखिएको छ ।

त्यही भएर सोमबार बिहान योगेशले माधव नेपाल र आफ्नोबारेमा ११ बुँदे अन्तरसम्बन्धका बारेमा उल्लेख गरेका छन् । जहाँ एमालेमा हुँदा माधव नेपालले आफूलाई के कस्तो दुःख दिए भन्ने पोलसमेत योगेशले सार्वजनिक गरेका छन् । यस्तो छ योगेशको ११ बुँदे आरोप कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नुभयो ।

उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ति फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले उहाँकै हित हुने गरी जीवनउपयोगी जवाफ फर्काएँ । समाजवादीका युवाहरुको चित्त दुखेछ ।

माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरु खुसी हुनेगरी म भन्न चाहन्छु । ‘कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना ।’

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा

१. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. उहाँमा थुप्रै राम्रा गुणहरु छन्, जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै विरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाब रहेका छन् र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौ महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी सुरुदेखि नै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौ ।

४. छैटौं महाधिवेशनमा उहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट उहाँ पुनः पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।

६. आठौ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौ ।

७. नवौ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिनँ र गरिनँ ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो । अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।

११. म मार्क्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई व्यक्ति, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ ।

र, मैले कमरेड माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्‍टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्धसमर्थक र अन्धविरोधी होइन ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय