बालेन र हर्कलाई पार्टीमा ल्याउने रबि लामिछानेको घोषणा, चौतर्फी प्रशंसा

काठमाडौँ । – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’

उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ ।‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’

यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ ।

काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए ।

लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो ।राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए ।

यो पनि हेर्नुहोस, निजि स्कूलको शुल्क घटाउने बालेनको तयारी, नेताको दैलो चहार्दै सञ्चालक. काठमाडौं महानगरपालिका भित्रका निजि विद्यालयहरूले अब आफूखुसी शुल्क लिन नपाउने भएका छन् । मेयर बालेन शाहले निजी विद्यालयको शुल्क महानगरपालिकाले पुनरावलोकन गर्ने तयारी गरेका छन् ।

मेयर शाहले महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि काठमाडौंका निजि विद्यालयको शुल्कमा कडाई गर्ने संकेत गरेका थिए ।

काठमाडौंभित्रका निजि विद्यालयहरूले मनलाग्दी पैसा उठाएको चर्चा भैरहेका बेला मेयर शाहले गरेको यस्तो तयारीले धेरै अभिभावक लाभान्वित हुनेछन् ।

नीति तथा कार्यक्रममा शाहले निजि विद्यालयको शुल्क वैज्ञानिक तरिकाले निर्धारण हुँदा अहिले भएको शुल्कमा पुनरावलोकन गर्ने बताएका थिए ।अहिले काठमाडौंका निजि विद्यालयहरूले शुल्कको आतंक नै मच्चाएका छन् । सरकारी विद्यालय राम्रा नहुँदा निजि विद्यालयमा बच्चा पढाउनुपर्ने अभिभावकको बाध्यताको फाइदा उठाएर निजि विद्यालयले विभिन्न शिर्षकका चर्को शुल्क असुलीरहेका छन् ।

यदि महानगरले विद्यालयको अनुगमन गरेर शुल्क समायोजन गर्ने हो भने लाखौँ अभिभावक लाभान्वित हुनेछन् ।

मेयर बालेन शाहको यस्तो तयारीपछि निजि विद्यालय सञ्चालकहरूको दौडधुप चलेको छ । उनीहरूले नेताहरूको घरदैलोमा पुगेर महानगरको यस्तो तयारी रोक्न बार्गेनिङ गर्न थालेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपेव शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पुगेर निजि विद्यालय सञ्चालकहरूले बिन्ती गर्न थालेको बताइएको छ ।

शालिकराम जमकट्टेलको यो भाषण जसले मेयर बालेनलाई कार्यक्रम बीचमै हेटौंडाबाट काठमाडौं फर्कायो

काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहको एउटा फेसबुक स्टाटस अहिले चर्चामा छ । उनले सोमबार विहान सवा दश बजे सामाजिक सन्जाल फेसबुकमा लेखेका थिए– बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो ।

अनि यसको अन्त्यमा उनले थ्यांक यु लेखेका छन् र हाँसिरहेको एक स्माइली प्रयोग गरेका छन् । हेटौंडामा भएको स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा पुगेका बालेनले यो लेखेपछि अहिले यसले व्यापक चर्चा पाएको छ ।

उनी यो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका थिए । तर, पहिलो दिनको उद्घाटन समारोहपछि नै उनी त्यहाँ बसेनन्, काठमाडौं फर्किए ।

यो कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले एउटा मन्तव्य राखेका थिए । मेयर बालेनले उनको अभिव्यक्तिमा नै समस्या देखे, त्यसपछि कार्यक्रम छाडेर काठमाडौं आए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको विषयमा चर्चा भएको थियो । काठमाडौं महानगरको फोहोर बन्चरेडाँडामा फाल्ने विषयमाथि जमकट्टेलको असन्तुष्टि थियो ।

उनले कार्यक्रममा भनेका थिए, ‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन ।’गत साता लामो छलफलपछि काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्न थालिएको थियो ।

यही विषयमा मन्त्री जमकट्टेलको अभिव्यक्ति आएपछि बालेन रिसाएर काठमाडौं फर्किएका हुन् । मेयर शाह जमकट्टेल बोल्न थालेपछि कार्यक्रमबाट उठेर हिँडेका थिए ।

काठमाडौं महानगरवासीको गाली खान तयार रहेको भए पनि आफू विनाकारण अरुको गाली खान तयार नभएको बालेनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय