रामकृस्ण कंडेल
गुल्मी । जिललाकाे मुसिकोट नगरपालिका -७ वामीटक्सारबासी हरू न्युनगुणस्तरिय बिधुत प्रयोग गर्न बाध्य छन । कहिले बर्षाको कारण कुलो बगाऊछ त कहिले डोजरका कारण कुलो पुर्छ जे होस बिबिध कारणले बर्षको अधिकांस समय घरमा बिधुत आऊदैन ।
आऊछत नियमि त रूपमा हरेक उपभोक्ता हरूले रकम बुझाऊनु पर्ने बिल।यदि बिधुत आई हाल्यो भने पनि लो भोल्टेजको आऊछ जसले गर्दा बिधुतिय सामाग्रीहरू बिग्रिने खतरा बढेको हालै वामीटक्सारमा खोलिएको मदुस क्याफेका सन्चालक बिबेक काफ्लेको भनाई रहेको छ।
न्युनगुणस्तरिय बिधुत प्रयोगको कारण वामीटक्सारका उधोग,होटल,रेस्टुरेन्ट सन्चालक हरू सबै हैरानी ब्यहोर्न बाध्य छन।सबैको एऊटै धारणा छ की केन्द्रिय लाईन कहिले प्रयोग गर्न पाईएला?यस बिसयमा मुसिकोट नगरपालिका -७मा केन्द्रिय लाईनको बारेमा भईरहेको कामको अनुगमन पनि गरिएको छ ।
गत बर्षनै यस वडामा स्टिल पोल हरू गाड्ने र तार टांग्ने काम सम्पन्न भएको थियो तर बर्षायाम शुरू भए पश्चात काम स्थगित भयो,वडाबासीहरूको केन्द्रीय लाईनको बत्ती बाल्ने सपना पुरा हुन सकेन।बर्षा समयको अन्त्य पछी पनि काम सुचारू गर्न ढिलाई हुदा मानिसहरू निकै दु:खी र दिक्क बनिसकेका थिए।यतिखेर वामीटक्सारमा बिद्धुतीकरणको काम जोडतोडको रूपमा अगाडी बढेको छ।
गतसाल गाडिएका तर बर्षा याममा ढलेका पोल हरू पुन गाड्ने,तार हरू टांग्ने,ट्रान्समिटर हरू राख्ने लगायतका कामहरू अगाडि बढाईएको छ।यहि गतिमा काम अगाडि बढ्यो भने पुष १५ भित्र केन्द्रिय लाईनको बत्ती बोल्ने आसा पलाएको छ।यसमा सरोकारवाला हरू गंभिर बन्न आबश्यक छ।


