बाग्लुङको बडिगाड गाउँपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ ।
गाउँपालिकाको वडा नं १० की एक महिलाको अत्यधिक रक्तश्राव एवम् सुत्केरी हुन नसकेपछि बुर्तिबाङबाट हेलिकप्टर मार्फत उद्धार गरी पोखरा पठाउने तैयारी थालिएको हो ।
बडिगाड गाउपालिका वडा नं १० दर्लिङ कि १९ बर्षिया बसन्ता विश्वकर्मालाई बेथा लागेपछि बुर्तिबाङ अस्पताल लगिएको थियो । तर त्यहाँ पनि सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत पोखरा लैजाने तैयारी भईरहेको बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिहं पाईजाले जानकारी दिनुभयो । हेलिकप्टर ल्याउन गाउँपालिकाले समन्वय गरेको छ ।
साथै उनको अत्यधिक रक्तश्राव भएकाले तत्काल पोखरामा “इ“ नेगेटिभ ब्लड आवश्यक रहेकाले सहयोग गरिदिन पनि उहाँले सबैसगं आग्रह गर्नुभएको छ ।