मन्त्री फेरबदल विवादमा नेपालको प्रस्टोक्ति- हाम्रा मन्त्रीहरू सन्तुष्ट छन्, अरु पार्टीमा भुईँचालो गएकाले ढिला

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू ‘फेरबदल’को पार्टी निर्णयमा सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एसनिकट विद्यार्थी जिल्ला विशेषको शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले मन्त्रीहरूको फेरबदल गरेका छौँ । ६ महिनाको अवधि हामीलाई दिइएको थियो भनेर मन्त्रीहरूले नै भनेका छन् । उनीहरूलाई धन्यवाद छ,’ अध्यक्ष नेपालले भने,‘पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’

तर मिडियामा केही तलमाथि आए पनि त्यसमा सत्यता नभएको उनले बताए । ‘मिडियाले जेजे सोध्यो हाम्रा महासचिवले त्यै–त्यै भन्दिएछन् । मानेन भने के गर्ने ? भनेर भन्दिएछन्, बिग्रिएछ,’ उनले भने,‘केही कुराको उत्तर नदिए नि हुन्छ ।’

मन्त्रीहरूले त्यत्तिकै आशंका गर्ने भनेर चित्त दुखाएको उनको आशय थियो । ‘त्यत्तिकै आशंका गरे सबैको चित्त दुख्छ । सबै इमानदार हुनुहुन्छ । पार्टीको आदेश पालन गर्नुहुन्छ,’ उनले भने ।

पार्टी निर्णय कार्यान्वयनको विषयमा अध्यक्ष नेपालले अर्को पार्टीतर्फ इशारा गर्दै आफ्ना मन्त्रीको बचाउ गरे । उनले भने, ‘निर्णय किन लागु भइरहेको छैन भन्ने होला । अर्को पार्टीमा पनि भुईँचालो गएकोले होला ।’- नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय