आगामी मंगलबार मुसिकोटमा स्थानीय पाठ्यक्रम सम्बन्धि सुझाब संकलन गोष्ठी हुने

गुल्मी।आगामी मंगलबार अर्थात जेठ २४ गते गुल्मीको मुसिकोटमा स्थानीय पाठ्यक्रम सम्बन्धि गोष्ठी हुने भएको छ ।

मुसिकोट नगरपालिकामा निर्माणको चरणमा रहेको स्थानीय पाठ्यक्रम कक्षा १ देखि कक्षा ५ सम्मको लागि स्थानीय पाठ्यक्रमको रुपमा लागु हुनेगरि मस्यौदा तयार भैसकेको र त्यसमा आवश्यक छलफल एवं सुझाव संकलन गरि सुधार तथा परिमार्जनसहित अन्तिम रुप दिने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको प्रमुख प्रशाशाकिय अधिकृत खिमानन्द भुषालले जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकाको एकमात्र क्याम्पस, रुद्रावती बहुमुखी क्याम्पसमा आयोजना गरिएको उक्त कार्यक्रममा छलफल तथा सुझाव संकलनको लागि नगरपालिका भित्रका विद्यालयका सम्पूर्ण प्रधानाध्यापक,क्याम्पसका क्याम्पस प्रमुख,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाइ उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ ।

त्यस्तै सम्पूर्ण वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,बैंक तथा वित्तिय सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,शिक्षक महासंघ,शिक्षक संघ तथा संगठनका प्रमुख तथा प्रतिनिधिहरु,उद्योग वाणिज्य संघ,शिक्षाप्रेमी,बुद्दिजिबी तथा पत्रकारहरुलाई आमन्त्रण गरिएको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय